रासायनिक मलको विषयमा सरकार कानमा तेल हालेर बस्यो !

हेटौँडा,२३ मंसिर ।
रासायनिक मलको विषयमा सरकार कानमा तेल हालेर बस्दा किसानलाई समस्या परिरहेको छ । कृषिप्रधान देशमा मलको अभाव भइरहेको विषय सरकारको जानकारीमा रहे पनि कानमा तेल हालेर बसेको सांसद महेश बर्तौलाले बताए ।
मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका प्रतिनिधिसभा सांसद महेश बर्तौलाले रासायनिक मलको समस्या सरकारको प्राथमिकतामा नपर्दा किसानहरू मारमा परेको बताएका हुन् ।
मलको अतिरिक्त व्यवस्थापनको लागि भन्दै बागमती प्रदेशको कृषि मन्त्रालय पुगेका बर्तौलाले मकवानपुर देशकै महत्त्वपूर्ण ‘भेजिटेवल जोन’ भएकाले प्रदेश सरकारले अतिरिक्त कोटा निर्माण गरेर भए पनि आवश्यक रासायनिक मल उपलब्ध गराउन अनुरोध गरेका थिए ।
तपाइँको प्रतिक्रिया