रवि लामिछाने नेतृत्वको रास्वपाले टुंग्यायो समानुपातिक सूची, १३ जनामा को को परे ?

काठमाडौं, २४ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।
रास्वपाका १३ जना समानुपातिक सांसदमा दलित तर्फ सन्तोष परियार, शिव नेपाली छन् भने आदिवासी÷जनजाति तर्फ डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, खस आर्यतर्फ डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत छन् ।मधेसी तर्फ लक्ष्मी तिवारी, मनिष झा, थारु तर्फ अशोककुमार चौधरी, मुस्लिम तर्फ असिम शाह रहेका छन् ।
तपाइँको प्रतिक्रिया