अमर बचतको कुल शेयर पूँजी ४ करोड ७८ लाख पुग्यो

गैँडाकोट, २४ मंसिर ।
अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट १६ को २३ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीमा अनुगमन र निरिक्षण गर्नु आवश्यक रहेको बताउनु भएको छ । धेरै सहकारीहरुले आर्थिक कारोवार गर्न नसक्दा लगानि डुवेको स्मरण गर्दै सहकारी नाफामुखी संगै सेवामुखी पनि हुन आवश्यक रहेको बताउनुभयो । अमर सहकारीले ४४ करोड निक्षेप संकलन गरेकोमा नगर प्रमुख अधिकारीले खुसि व्यक्त गर्नु भयो ।
अमर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रजापति कंडेलले २३ वर्ष अगाडि सस्था दर्ता गर्ने अग्रजहरुलाई स्मरण गर्दै उहाँले त्यो बेलाको उदेश्य अहिले सस्थाले पुरा गर्न सकेको प्रति खुसि व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले दुग्धजन्य परिकार बनाउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो । सेवा विस्तार संगै दुग्धजन्य परिकारको विक्रिबाट किसान र सहकारी दुवैलाई फाइदा हुने अध्यक्ष कंडेलको भनाई छ ।
साधारण सभामा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित नीति तथा कार्यक्रम सचिव श्यामसुन्दर शर्मा लामिछानेले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष आनन्द कुमार शर्माले संस्थाको कुल शेयर पूँजी बृद्धि भई ४ करोड ७८ लाख ४५ हजार ८ सय रुपैयाँ पुगेको बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान सेयर सदस्य मध्येबाट जेष्ठ ४५ जना सदस्यलाई गरिएको थियो । त्यस्तै ३६० दिने सेवा अन्तर्गत बचत तर्फका उत्कृष्ट सेयर सदस्य १ जना, उत्कृष्ट कर्मचारी एक जना, धेरै दूध बेच्ने ६ जना किसान, गुणस्तरीय दूध उत्पादन गर्ने ४ जना, दूध सरसफाइमा उत्कृष्ट सेयर सदस्य २ जना, दूध नियमित बिक्री गर्ने २ जना, मासिक बचत अन्तर्गत उत्कृष्ट बचतकर्ता ६ जना, बाल बचत तर्फ ३ जना, उत्कृष्ट सेयर खरिदतर्फ ३ जना, दैनिक बचत तर्फ उत्कृष्ट सेयर सदस्य १० जना, सेयर तर्फ उत्कृष्ट सेयर सदस्य ३ जना, धनजमानि ऋणतर्फ ३ जना, धितो क्रणतर्फ उत्कृष्ट सेयर सदस्य ३ जना र छात्रछात्रा सम्मान अन्तर्गत ३.६५ र ३.८ जिपिए ल्याउने २ जना विद्याथीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष यमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सेयर सदस्यको तर्फबाट शंखर पौडेल, मनकामना अस्पताल प्रालीका प्रशासकिय अधिकृत अरुण पौडेल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेल, जिल्ला बचत तथा क्रण सहकारी सस्था लिमिटेडका कार्यवाहक अध्यक्ष होमनाथ जैसी, जिल्ला सहकारी संघका नवलपुरका अध्यक्ष केशव प्रसाद सापकोटा, नेपाल बचत तथा क्रण केन्द्रिय सहकारी संघ सञ्चालक सदस्य विद्या कोइराला लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया