महिला स्वावलम्बन कृषि सहकारी सस्थाको २२ औँ बार्षिक साधारणसभा सकियो

गैँडाकोट, २४ मंसिर ।
महिला स्वावलम्बन कृषि सहकारी सस्थाको २२ औँ बार्षिक साधारणसभा गैँडाकोट ११ हर्कपुरमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका नगर उप प्रमुख शान्ति कोइरालाले महिलाहरु सहकारीको क्षेत्रमा राम्रो योगदान दिन सकेकोमा सहकारीलाई धन्यबाद दिनु भयो । महिलालाई अवसरको खाचो रहेको बताउदै कोइरालाले अवसर पाए जुन सुकै क्षेत्रमा पनि महिलाले काम गर्न सक्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मी मल्ल ठकुरीले महिलाहरुको आर्थिक तथा सामाजिक अवस्थालाई माथि उकास्नको लागि सहकारी सिद्धान्त अनुसार सिपमुलक तथा आयमुलक सामुदायिक कृषि उद्यमीका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
यस महिला स्वलम्बन कृषि सहकारीले घरखर्च सञ्चालन गर्न धौ धौ हुने वर्गलाई आत्मनिर्भर बनाई उद्यमी बनाएर आर्थिक उन्नती गर्नको लागि सहयोग पुर्याउदै आएको छ । उपाध्यक्ष तिलकुमारी महतो स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष गोविन्द्र प्रासाद सुवेदी , जिल्ला समन्य समिति सदस्य तथा गैडाकोट १० का वडा सदस्य लिला पौडेल, विशेष सल्लाहार संयोजक रेवती कंडेल, अम्बिकादेवी अधिकारी, सल्लाहाकार सदस्य धनमाया सुवेदी गैरे, पुर्व अध्यक्ष पार्वती कोइराला लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ३.६ भन्दा बढि जिपिए ल्याउने सेयरसदस्यका छोराछोरी ८ जनालाई सम्मान गरिएको थियो । यस्तै सेयर बृद्धि गर्न सहयोग गर्ने ३ जना सदस्य, असल व्यवसायी क्रणिलाई ३ जना , सेयर सदस्य बृद्धि गर्ने २ , उत्कृष्ट महिला वार्ड समितिलाई नगद ५ हजार सहित सम्मान गरिएको व्यस्थापक कौशिला पौडेल धितालले जानकारी दिनु भयो । कार्यक्रमको सहजिकरण शिक्षा उप समिति संयोजक उमादेवी पनेरुले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया