बेलायतमा ’बेस इडिटिङ’ उपचारबाट एक किशोरीको क्यान्सर पूर्णरूपमा निको

एजेन्सी, २५ मंसिर ।
बेलायतमा थेराप्युटिक उपचारबाट एक किशोरीको क्यान्सर पूर्णरूपमा निको भएको छ । ’बेस इडिटिङ’ थेराप्युटिक उपचारबाट बेलायतमा एलिसा ल्युकेमिया नाम गरेकी किशोरीको शरीरबाट क्यान्सर पूर्णरूपमा सफा गरिएको बीबीसीले जनाएको छ ।
यसअघि एलिसाका सबै उपचार असफल भएका थिए । त्यसपछि डाक्टरहरूले रिभोल्युशनरी थेरापीको सहयोगमा १३ वर्षीया एलिसाको उपचार गरेका थिए । छ महिनापछि क्यान्सर पूर्णरूपमा हराएको पाइएको छ । यो थेरापीको प्रयोगपछि डाक्टरहरूले केही समयमा लागि एलिसालाई निरीक्षणमा राखेका थिए ।
यसअघि एलिसाको क्यान्सर निको नहुने विश्वास गरिएको थियो । किमोथेरापी र बोन–म्यारो ट्रान्सप्लान्ट गरेपछि पनि उनको शरीरमा केही फरक देखिएको थिएन । त्यसपछि डाक्टरहरूले बेस इडिटिङ विधिको प्रयोग गरेका थिए जसको आविष्कार छ वर्षअघि भएको थियो । नयाँ विधिबाट किशोरीको उपचार सफल भएको र क्यान्सर रोगको निदानमा यो ठूलो उपलब्धि भएको खबरमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया