अमरज्योति माध्यमिक विद्यालयले मनायो अभिभावक दिवस

गैँडाकोट, २५ मंसिर ।
अमरज्योति माध्यमिक विद्यालयले आइतबार ४३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालय ब्यवस्थान समितिले शिक्षक नियुक्ति गर्दा हाम्रो होईन राम्रो नियुक्ति गर्नु पर्ने बताउनु भएको छ । अधिकारीले निःशुल्क शिक्षाको लागि नगरपालिकाले पहल गर्ने तथा भवन निर्माणको खर्च सहयोग गर्ने आश्वासन दिनु भयो । कार्यक्रममा विद्यार्थीहरुले कल्चरल शो, नृत्य, कविता वाचन लगायतका नेपाली संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेका थिए । सो अवसरमा विद्यालयले अक्षयकोष दातालाई सम्मान पनि गरेको थियो ।
यस्तै विद्यालयले उत्कृष्ट अभिभावक, उत्कृष्ट विद्यार्थी, सरुवा भएर आएका शिक्षक शिक्षिकाहरुलाई स्वागत, विदाई र सम्मान, विद्यालय प्रथम विद्यार्थी शैक्षिक सत्र २०७८ का उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान, विद्यालयको अतिरिक्त क्रियाकलपहरूमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्राध्यापक दुर्गादत्त सापकोटाले जानकारी दिनु भयो ।
कार्यक्रमको सहजिकरण विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालय परीक्षा समिति संयोजक रोशन मल्ल र विद्यालय शिक्षिका धनकुमारी फुयालले गर्नु भएको थियो । कार्यक्रममा वडाहरुको प्रतिनिधित्व गर्दै गैंडाकोट नगरपालिका १७ का वडा अध्यक्ष गोपी कँडेलले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबर्द्धन ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया