धुसेरी सामुदायिक वनमा ११ सदस्यीय कार्यसमिति चयन, अध्यक्षमा पंगेनी निर्वाचित

गैँडाकोट, २५ मंसिर ।
धुसेरी सामुदायिक वन उपभोक्ता समूह देवचुली १६ रजहरको अध्यक्षमा नारायण सिंह पंगेनी निर्वाचित हुनुभएको छ । निर्वाचन मार्फत पंगेनी चयन हुनु भएको कार्यलय सचिव चिन्तामणी चापागाईले जानकारी दिनु भयो । पंगनीले प्रतिस्पर्धी देवुभक्ति बानियाँलाई २० मतान्तरले पराजित गर्नु भएको थियो । पँगेनीले ३ सय ७१ मत प्राप्त गर्दा बानियाँले ३ सय ५१ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सचिव पदमा नसिब नेपाल निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी भोजबहादुर भुजेललाई ३सय २८ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अन्य पदमा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका छन् ।
११ सदस्यीय समितिको उपाध्यक्षमा कमला अर्याल, कोषाध्यक्षमा टिका कुमारी महतो, सहसचिव कृष्ण बहादुर अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा भिमबहादुर परियार, इन्द्र ब पञ्जियार, ममता विक लगाएत चयन भएका छन् ।
तपाइँको प्रतिक्रिया