गैँडाकोटबाट भरतपुर जन्ती गएका २०० बढी बिरामी

गैँडाकोट, २६ मंसिर ।
चितवनको भरतपुरमा बिहे भोज खाएका २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोट १ बाट गणेश ढकालको बिहेमा भरतपुर जन्ती गएका उनीहरुले चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएका थिए । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिनुभयो ।
दुलही करिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट बिवाह भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । विहे भोजमा करिब पाँचसय जनाले खाना खाएका थिए । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।
तपाइँको प्रतिक्रिया