त्रिभुवन बाल माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी, जनतामावि विष्णुनगर प्रथम

गैँडाकोट, २६ मंसिर ।
त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ ढोकीले आफ्नो ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति नवलपुरका बाबुराम विश्वकर्माले अभिभावकको सहयोगमा विद्यालय नमुना बन्दै गएको भन्दै खुसि व्यक्त गर्नु भयो । बालबालिकाको भविष्य उज्वल हुनु भनेको देशको भविष्य उज्वल हुनु रहेको उहाँको भनाई छ ।
सोहि अवसरमा विद्यार्थीबाट निर्मित विज्ञान अविष्कार प्रदर्शनी तथा प्रतियोगिता पनि गरिएको थियो । प्रदर्शनीमा कावासातीका विभिन्न विद्यालयका विद्यार्थीहरुले आफैले निर्माण गरेका विभिन्न सामाग्रीहरु प्रदर्शन गरेका थिए । विज्ञान प्रदर्शनीमा जनतामावि विष्णुनगर प्रथम, सरस्वती मावि हसौरा द्धितिय, सरस्वती मावि गोछडा तृतिय भएका छन् । यस्तै शान्ता चण्डेश्वरी मावि गोडार, गोसायी बाबा आधारभुत विद्यालय कावासाती १७, कुमारी प्रावि हसौरा शान्तोना भएका छन् ।
प्रथम हुने विद्यालयलाई नगद ५ हजार द्धितियलाई ३ हजार, तृतियलाई २ हजार तथा शान्तोनालाई १ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा कावासाती नगरपालिका उपप्रमुख फुलकुमारी महतो, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुद्र शर्मा, नगर शिक्षा प्रमुख छेत्रबहादर भण्डारी, प्रअहरुको तर्फबाट हरिप्रसाद न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा विद्यालयको प्रगति प्रतिवेदन विद्यालयका प्रिन्सिपल दिपकनाथ घिमिरेले राख्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कावासोती १७ का वडाध्यक्ष चुडामणि थनेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया