पुनः मतदानको माग राख्दै झलनाथ खनालले दिए सर्बोच्चमा रिट

काठमाडौं, २७ मंसिर ।
नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलामको क्षेत्र नम्बर १ को निर्वाचन बदर हुनुपर्ने माग राखेर सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मंगलबार खनालले धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै सर्बोच्चमा रिट दिएका हुन् ।
उनले आफ्नो रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गरेका छन् । इलाम–१ बाट खनाललाई २ हजार ६६४ मतान्तरले हराउँदै नेकपा (एमाले)का महेश बस्नेत निर्वाचित भएका थिए ।
तपाइँको प्रतिक्रिया