कालिका नमुना माविले मनायो ४७ औँ बार्षिकउत्सव, गुणस्तरीय प्राविधिक शिक्षाको आवश्यकता

गैँडाकोट, २७ मंसिर ।
कालिका नमुना माध्यमिक विद्यालय गैँडाकोट ८ ले मंगलबार ४७ औ वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आगामि दिनमा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । अधिकारीले विद्यालय ब्यवस्थापन समितिले शिक्षक नियुक्ति गर्दा हाम्रो होईन राम्रो नियुक्ति गर्नु पर्ने बताउनु भयो । वार्षिकउत्सवको अवसरमा विद्यार्थीहरुले खेलकुद अन्तर्गत तेकवान्दो ड्रिल र सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मंगलबार नै विद्यालयको २० कोठे भवनको उत्घाटन गरीएको थियो । नगरप्रमुख अधिकारीले भवनको उत्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै गैँडाकोट ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विद्यालयबाट विद्यार्थीले शिक्षा हासिल गरेर निष्केपछि नाम दाम र कामका लागि त्यो शिक्षा उपयोगी हुनुपर्ने बताउनु भयो । त्यसका लागि विद्यालयले गुणस्तरिय शिक्षालाई थप प्रभावकारी बनाउदै लगेको बताउनु भयो ।
विद्यालयका प्राध्यानाध्यापक प्रजानाथ कंडेलले विद्यालयले स्मार्टबोर्ड, प्रोजेक्टर, गुरुकुल लगाएत प्रविधिको प्रयोग गरिहेको बताउनु भयो । विद्यालयका अक्षयकोषदाता मार्फत १२ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरीएको थियो । कंडेलले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत समेत गर्नु भएको थियो । नेपाली काग्रेसका नगरसभापति बद्रि सापकोटा,पुर्व प्रध्यानाध्यापक कमल सुवेदी, पुर्व प्रध्यानाध्यापक करुणा सागर सुवेदी, जनक मावि प्रध्यानाध्यापक चुडामणी शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका साहायक प्रध्यानाध्यापक राजु पुरीले गर्नु भएको थियो । विद्यालयमा अहिले १ हजार ५ सय २० जना विद्यार्थि अध्ययनरत छन् भने ३४ जना शिक्षकशिक्षिकाले अध्यापन गराईरहेका छन् ।
तपाइँको प्रतिक्रिया