गैँडाकोटमा हुने आठौ राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा ९५ प्रतिस्पर्धीको सहभागिता रहने

गैँडाकोट, १ पौष ।
गैँडाकोट १ मा शनिबार देखि सञ्चालन हुने शब्दको खेल स्क्र्याबलको आठौ संस्करणको राष्ट्रिय प्रतियोगितामा देशका कुल २० जिल्लाका ९५ प्रतिस्पर्धीहरुको सहभागिता रहने भएको छ । यहि पुस २ गते शनिबार स्क्र्याबल क्लब पोखराको आयोजना तथा गैंडाकोट इंगलिस स्कुलको ब्यबस्थापनमा प्रतियोगिता गैँडकोट इंगलिस स्कुलकै प्रांगढमा हुन लागेको विद्यालयका प्रध्यानाध्यापक हिरालाल अर्यालले जानकारी दिनु भयो ।सबै जिल्लाबाट जिल्लास्तरीय प्रतिस्पर्धा गरि उत्कृष्ट ठहरिएका प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा भाग लिन पुस १ गते नै गैंडाकोट आइपुगेका छन् ।
रास्ट्रिय प्रतिस्पर्धाबाट अब्बल ठहरिएका २० जना प्रतिस्पर्धीहरुले फेब्रुअरी महिनामा बंगलादेशमा हुने अन्तराष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै प्रतियोगिताको दिन भाषा शिक्षकहरुको लागि एक दिने तालिमको आयोजना पनि गरिएको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । अमेरिकन राजदुताबास रिजनल इंगलिस ल्याङ्ग्वेज अफिसको आर्थिक सहयोगमा हुने उक्त तालिममा नवलपुर, चितवन, मकवानपुर तथा अन्य जिल्लाका भाषा शिक्षकहरुको सहभागिता रहनेछ।
तपाइँको प्रतिक्रिया