नेपाल पत्रकार महासंघ नवलपुरको दोश्रो बार्षिक साधारणसभा सम्पन्न

कावासोती, १ पुस ।
नेपाल पत्रकार महासंघ नवलपुरको दोश्रो बार्षिक साधारणसभा शुक्रबार कावासोतीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले देशकै कान्छो जिल्ला भनेर चिनिने नवलपुरको विकासको लागि पछिल्लो एक वर्षमा ठुला योजना सम्पन्न गर्न सरकार लागिपरेको बताउनु भयो । मुख्यमन्त्री नेपालीले नेपालको संविधानले प्रेसलाई कुनैपनि बहानामा अंकुश लगाउन नपाइने उल्लेख गरेको बताउदै हरेक विषयमा पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयो ।उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा विकासका पुर्वाधारहरु अगाडि बढाईएको तथा त्रिवेणी कोरला सडक निर्माण सम्पन्न गर्न काम भैरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष विरेन्द्र पराजुलीले नेपाल पत्रकार महासंघका नवलपुरलाई साझा संस्था बनाउन आफुले पहल गरेको र त्यसको नतिजा देखिएको बताउनु भयो । पराजुलीले महासंघले प्राप्त गरेको जग्गामा भवन बनाउनको लागि प्रदेशको सहयोगको अपेक्षा गरेको र सबैको सहयोगले भवन निर्माणको काम सुरु गर्ने प्रयासमा आफुहरु लागिरहेको बताउनु भयो ।
कार्यक्रममा प्रेस युनियन चितवनकि केन्द्रिय सदस्य सृजना अर्याल, नवलपुर उद्योग संघका अध्यक्ष केबि राना, प्रेस चौतारी नवलपुरका अध्यक्ष शालिकराम कोइराला, प्रेस चौतारी केन्द्रिय सदस्य हिमालदेव पंगेनि, पुर्व अध्यक्ष होमराज रानाभाट, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा खोज पत्रकारितामा पिएचडि गर्ने विजय सामुदायिक सुचना तथा सञ्चार सहकारीका अध्यक्ष भुमिराज चापागाईलाई नगद सहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।
साधारणसभामा सचिव विष्णु गौडेलले चालु गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति एवं प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरि कोषाध्यक्ष बुद्धिराज कडरिया (दिपेश) ले चालु गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामान्य छलफल र छलफलबाट आएका सुझावहरुलाई समेत समेटने गरि दुवै प्रतिवेदनहरुलाई हलले पारित गरेको थियो ।
महासंघका नवलपुर अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव विष्णु गौडेलले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया