नवलपुर विद्युत व्यवसायी संघको अध्यक्षमा सुजन अधिकारी निर्वाचित

कावासोती, १ पुस ।
नवलपुर विद्युत व्यवसायी संघको अध्यक्षमा सुजन अधिकारी निर्वाचित हुनुभएको छ । कावासोतीको मनकामना आमा समुहको सभाहलमा शुक्रबार सम्पन्न संघको दोस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । सुजन अधिकारी गैंडाकोटमा रहेको अधिकारी बिजुली पसलका प्रोपाईटर हुनुहुन्छ ।संघको दोस्रो अधिवेशनले अन्य १५ जना पदाधिकारीहरुको पनि टुंगो लगाएको छ । जसको प्रथम उपाध्यक्षमा चन्द्रकान्त शर्मा जैसी, दोस्रो अध्यक्षमा गणेश सुवेडी र तेस्रो उपाध्यक्षमा रञ्जिता सुवेदी निर्वाचित हुनुभएको छ ।
यसैगरी सचिवमा दिपक सुवेदी, सहसचिवमा नुमादेवी भूषाल र कोषाध्यक्षमा नवराज पौडेल निर्वाचिन हुनुभएको छ । समितिको सदस्यहरुमा केशव गिरी, पतिराम सोती, कृष्ण सापकोटा, मधुसुदन सुवेदी, गणेश रिजाल, गोपी भुषाल, पवन तिवारी र हिमाल शर्मा रहनुभएको छ ।
यसअघि सोही स्थानमा नवलपुर विद्युत व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा पनि सम्पन्न भएको थियो । साधारणसभालाई सम्बोधन गर्दै नेपाल बिद्युत ब्यवसायि संघका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद पौडेलले नेपालको राष्ट्रिय हितलाई मनन गर्दै छिमेकी मुलुकहरूमा ब्यापारीक र उर्जा विकास सम्झौता गर्न सके देशको पछिल्लो अर्थ संकटलाई टेवा पुग्ने बताउनुभयो ।संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भूषालको अध्यक्षतामा भएको साधारण सभाको संचालन सुजन अधिकारीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया