सामुदायिक वनमा आर्थिक पारदर्शिताको लागि सुधारका कार्यक्रम गर्न जरुरी

गैँडकोट, २ पुष ।
गैँडाकोट वडा नं १४ मा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समुहले शनिबार १७ औ साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहनराज काफ्लले सामुदायिक वनले आवश्यक सामग्रीहरु वन नियमावलीको खरिद ऐन अनुसार मात्रै खरिद गर्न आग्रह गर्नु भएको छ । साथै सामुदायिक वनमा आर्थिक पारदर्शिताको लागि सुधारका कार्यक्रमहरु गर्न जरुरी भएको बताउनु भयो । कतिपय वनमा आर्थिक पारदर्शितता नभएको पाईएको बताउदै उहाँले सहयोग एवम् चन्दा दिन नपाउने वन नियमावलीमा निती रहेको हुदा त्यस नियममा रहेर काम गर्न पनि आग्रह गर्नु भयो ।
यस्तै समुदाय लक्षित कार्यकहरु पनि विधानभित्र रहेर गर्न उहाँले आग्रह गनु भयो । शङ्ख देवि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सीता सापकोटाले गरिविनिवारणमा आगामी दिनमा थप प्रभावकारि रुपमा काम गर्ने गरि अगाडि बढ्ने बताउनुभयो । सामुदायीक वन महासंघ नवलपुरका जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डे, वडा नं १४ का वडाध्यक्ष कोकिसरा रानामगर, सुन्दरी सामुदायिक वनका सल्लाहकार बद्रीप्रसाद सापकोटा, विष्णुमाया पराजुली, जनमुखी आर्दश कलेजका प्राचार्य केशव घिमिरे,समाजसेवी खेमराज सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष उमादेवि सापकोटाले प्रस्तुत गर्नुभएको थियोे । भने लेखा समितिको प्रतिवेदन लेखा समिति सयोजक नारायण शाहीले प्रस्तुत गर्नु भएको थियो । समुहमा हाल ५० लाख २३ हजार ३ सय ४२ रुपैयाँ आम्दानि रहेको शाहीले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया