राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा २० जना छनोट, गैँडाकोट इंलिस स्कुलका अर्नव भए प्रथम

गैँडाकोट, ३ पुस ।
नवलपुरको गैँडाकोट इंलिस स्कुल वडा नं १ मा सञ्चालन भएको आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा २० जना विद्यार्थी छनोट भएका छन् । रास्ट्रिय प्रतिस्पर्धाबाट अब्बल ठहरिएका २० जना प्रतिस्पर्धीहरुले अब फेब्रुअरी महिनामा बंगलादेशमा हुने अन्तराष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् । शनिबार भएको प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २७ जिल्लाका ९५ जना प्रतिष्पर्धीको सहभागिता रहेको थियो । प्रतियोगितामा गैँडाकोट ईंग्लीस स्कूलका अर्नव पाण्डे प्रथम हुनु भयो ।
शैनिक आवासिय माध्यामिक विद्यालय कास्कीका आयुश ढकाल द्वितीय र राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन बाराका रोशन कुमार यादव तृतीय हुनुभएको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनु भयो । विजय सामुदायिक शिक्षा सदन नवलपुरका शरद भण्डारीले चाँैथो स्थान प्राप्त गर्नुभएको छ ।
यहि पुस २ गते शनिबार स्क्र्याबल क्लब पोखराको आयोजना तथा गैंडाकोट इंगलिस स्कुलको ब्यबस्थापनमा प्रतियोगिता गैँडकोट इंगलिस स्कुलकै प्रांगढमा प्रतियोगिता सञ्चालन गरिएको थियो । शनिबार नै भाषा शिक्षकहरुको लागि एक दिने तालिम पनि सञ्चालन भएको थियो ।
तपाइँको प्रतिक्रिया