आलोपालो प्रधानमन्त्रीको समझदारी भएकै हो : प्रचण्ड

चितवन, ४ पौष
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।
सोमबार चितवनमा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो । करिब करिब त्यो समझदारी अहिले पनि छ ।’
माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् ।
गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया