कांग्रेस संसदीय दलको चुनाव बुधबार बिहान हुने

काठमाडौँ –
नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ। यही मंसिर ४ गतेको निर्वाचनमार्फत् निर्वाचित सांसदहरूले संसदीय दलको नेता चयन गर्नका लागि पर्सि बिहानको समय निर्धारण गरिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले बताए।
राष्ट्रपति भण्डारीले यही पुस दश गतेभित्र प्रधानमन्त्रीका लागि प्रस्ताव पेस गर्न आह्वान गरेसँगै कांग्रेस संसदीय दलको नेता चयनमा तीव्र रूपमा लागेको हो। निर्वाचनमार्फत् पहिलो भएको दल कांग्रेसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता बनाउने या इतर पक्षबाट बनाउने भन्ने छलफल भइरहेको छ।
तपाइँको प्रतिक्रिया