गैँडाकोटको जनता माविले वार्षिकोत्सव भव्यताका साथ मनाउँदै

गैँडाकोट ।
गैँडाकोट नगरपालिका १२ स्थित हर्कपुरमा रहेको जनता माध्यमिक विद्यालयले यहि पौष ६ गते आफ्नो ६१औँ वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । त्यसको लागि विद्यालयले अगाडि देखि नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । विद्यालयका शिक्षक एवं अतिरिक्त क्रियाकलाप सञ्चालन समितीको संयोजक यज्ञप्रसाद सुवेदीले वार्षिकोत्सवको पुर्व सन्ध्यामा पौष ३ गतेदेखी नै विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पौष ३ गते नर्सरीदेखी कक्षा ५ सम्मका वालवालिका विच चम्चा दौड, वेलुन डान्स र वेलुन दौड प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै पौष ४ गते सोमबार अभिभावक लक्षित उच्च रक्तचाप एवं मधुमेह परीक्षण शिविर सम्पन्न गरेको छ । जसमा २०० जना अभिभावकले स्वास्थ्य परिक्षण गराएका थिए । सो शिविर विद्यालयकी नर्स रचना बरालले संयोजन गर्नुभएको थियो भने नर्स दिक्षा भुषाल र शित्तल भट्टराइले सहजीकरण गर्नुभएको थियो । शिवरमा ३५ जना मधुमेह र ४० जना उच्च रक्तचापको विरामी भेटिएको शिक्षक सुवेदीले जानकारी दिनुभयो ।
यस्तै सोमबार नै महिला अभिभावक विच म्युजीकल चियर, बेलुन डान्स, पुरुष अभिभावक विच घैटो फुटाई, ९ देखी १२ सम्मका छात्राहरुविच बेलुन डान्स, ६ देखी, ८ सम्मका वालवालिका विच हाजिरीजवाफ प्रतियोगिता, ९ देखी १२ कक्षाका वालवालिका विच स्पेलिङ कन्टेक्ट, ९ देखी १२ कक्षाका विद्यार्थीको २०० मिटर दौड, ६ कक्षादेखी ८ सम्मका विद्यार्थीविच १०० मिटर दौड प्रतियोगिता र ९ देखी १२ कक्षाका छात्राहरुविच भलिवल प्रतियोगिता सम्पन्न भएको थियो ।
सोमबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्रपाणी कंडेल, प्रध्यान्याध्यापक पदम बहादुर खड्का लगायतको उपस्थीती रहेको थियो । पौष ६ गते वार्षिकोत्सव समारोह हुनेछ । वार्षिकोत्सव समारोहको संयोजन विद्यालयका सहायक प्रध्यान्याध्यापक नेत्रप्रसाद आचार्यले गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया