सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सांसदको लाग्यो टुङ्गो, को हुन् उनी ?

काठमाडौं, ५ पौष
संसद सचिवालयले प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर गरेको छ । यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो ।
यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।
तपाइँको प्रतिक्रिया