भरतपुरको अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप

चितवन, ५ पुस ।
भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षकद्वारा विद्यार्थी माथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार अहिले घटना बारे अनुसन्धान भैरहेको छ ।
यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएपछि विद्यार्थीहरु आक्रोशित हुदै विरोध जनाएका छन् । अहिले कलेजमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ । विद्यार्थीहरुले कलेजको कक्षा ११ मा पढ्ने छात्राहरुमाथि कम्प्यूटर ल्याबमा काम गर्ने शिक्षकद्वारा यौन दुव्र्यवहार भएको आरोप लगाएका छन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु समेत फोडेका थिए ।
तपाइँको प्रतिक्रिया