एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाण्डौँ, ५ पुष ।
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्।
संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्। संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उनले सांसदहरूलाई निर्देशन समेत दिएका छन्। प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन्।
तपाइँको प्रतिक्रिया