नारायणगढमा चल्यो महानगरको डोजर, ५८ वटा घर भत्काइने

चितवन, ८ पौष ।
चितवनको नारायणगढमा सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ। नारायण–गोद्राङ सडकखण्डलाई ६ लेनमा विस्तार गर्नका लागि सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको छ । ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने भएकाले भत्काइने भएको हो ।
सडक सीमा मिचेर बनाएको घर टहरा हटाउन महिना दिनअघि नै सूचना दिइएको थियो । संरचना हटाउन गरेको आग्रहलाई बेवास्था गरेपछि सडक कार्यालय अगाडि सरेको सडक डिभिजन कार्यालय भरतपुरले उल्लेख गरेको छ । यहाँ ६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो।
तपाइँको प्रतिक्रिया