मुकुन्दसेन दूग्ध उत्पादक सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न, दाना उद्योगको उत्घाटन

गैँडाकोट, ८ पुष ।
मुकुन्दसेन दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड गैँडाकोट ११ हर्कपुरले शुक्रवार द्धितिय सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सोहि अवसरमा गैँडकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले २ कारोडको लगानिमा निर्माण सम्पन्न भएको दाना उद्योगको उत्घाटन गर्नु भयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पाखराको ५० प्रतिशत आर्थिक सहयोगमा दाना उद्योग स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले सहकारीलाई स्थानिय किसानलाई पुग्ने गरी स्वस्च्छ दाना उत्पादन गर्न आग्रह गर्नु भयो । उहाँले अन्य जिल्लामा पनि निर्यात गर्ने गरी उद्योग सञ्चालन गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा बोल्दै सहकारीका कार्यबाहक अध्यक्ष प्रेमबहादुर क्षेत्रीले दुध उत्पादनमा अव्बल क्षेत्र रहेको मुकुन्दपुरलाई अब घाँस तथा दाना उत्पादनमा पनि अव्बल क्षेत्र बनाईने बताउनु भयो । कार्यक्रम संरक्षक गोपाल श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । श्रेष्ठले अहिले सहकारीमा ८ सय २५ किसानको आबद्धता रहेको जानकारी दिनु भयो । कार्यक्रममा बोल्ने किसानहरुले दाना उद्योगलाई दिगोरुपमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए । साथै दानाको मुल्य निर्धारण र कच्चा पदार्थ खरिदको विषयमा स्पष्ट निर्णयहरु गर्न माग गरेका थिए । त्यसको जवाफ दिदै कार्यक्रम संरक्षक श्रेष्ठले विभिन्न समितिहरु बनाएर नीति नियम बनाई दानाको मुल्य निर्धारण गर्ने र कर्मचारीको व्यस्थापन गरी आर्थिक पारदर्शितताका साथ उद्योग संचालन गरिने जानकारी दिनु भयो ।
मन्त्रालयबाट आउने ५० प्रतिशत अनुदान आइनपुगेको गुनासो राखेका किसानलाई जवाफ दिदै श्रेष्ठले सार्वजनिक सुनुवाई सहित निर्माण सम्पन्न भएको प्रतिवेदन पठाएपछि मात्रै मन्त्रालयबाट रकम प्राप्त हुने जानकारी गराउनु भएको थियो ।
मुकुन्दसेन दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष यमुनाथ आचार्यले गुणस्तरीय दाना उत्पादन गर्नु पर्ने बताउनु भयो ।संस्थाका सदस्य शोभा सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण सचिव दया रेग्मीले गर्नु भएको थियो । मुकुन्दसेन दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडले साविक मुकुन्दपुर क्षेत्रका किसानबाट दैनिक १३ हजार लिटर दुध संकलन गर्दै आईरहेको छ ।
तपाइँको प्रतिक्रिया