प्रधानमन्त्रीमा दाबी गर्न सांसदको हस्ताक्षर संकलन गर्दै कांग्रेस

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो ।
कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । उनले सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लागेकाले जतिबेला पनि प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताए ।
तपाइँको प्रतिक्रिया