मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा सम्पन्न

गैँडकोट, १० पौष
नवलपरासीे (बर्दघाट सुस्ता पूर्व) गैडाकोट–११, हर्कपुर मा अवस्थित मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीको प्रमूख आथित्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अधिकारीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लागनी गर्न आग्रह गर्नुभएको थियो । साथै राजगार दिने खालका कार्यक्रममा लगानी गर्नसमेत जोड दिनुभएको थियो ।
सो अवसरमा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, गैँडाकोट नगरपालिका सहकारी प्रमुख देवेन्द्र गौतम, जिल्ला सहकारी संघका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष होमनाथ जैशी लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा संस्थामा रिक्त रहेको अध्यक्ष, उपाध्यक्ष र लेखा सुपरिवेशक्षक समिती सदस्यमा पदपुर्ती समेत गरिएको छ । अध्यक्ष चक्रपाणी कंडेल र उपाध्यक्ष शुक्रप्रसाद रेग्मीले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । शनिबार सम्पन्न साधारणसभाले अध्यक्ष पदमा गोविन्दराज कोइराला र उपाध्यक्षमा रामचन्द्र धिताललाई सर्वसम्मत चयन गरेको छ ।यस्तै लेखा सुपरिवेशक्षक समिती सदस्यमा टेकनारायण सुवेदीलाई नियुक्त गरेको छ ।
संस्थाको कार्यवाहक अध्यक्ष बालकृष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिती सदस्य होमनाथ सापकोटाले स्वागत र सचिव कालिकाप्रसाद देवकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया