नारायणी माविले मनायो आफ्नो ४४औं वार्षिकोत्सव

गैँडाकोट, १० पौष
गैँडाकोटमा रहेको श्री नारायणी माध्यमिक विद्यालयको ४४औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अधिकारीले विद्यालयको प्रगतिमा सबैको प्रतिवद्धताले काम गर्ने भएकोले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रमुख अधिकारीले यस विद्यालयमा टाढाबाट आउने वालवालिकालाई कठिन भएको भन्दै यातयात व्यवस्थाको लागि माथिल्लो निकायसंग छलफल गर्ने बताउनुभयो । साथै उहाँले सबै पक्षबाट विद्यालयलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुर्व व्यवस्थापन समिती अध्यक्षद्वय चोलानाथ उपाध्यय र वडाध्यक्ष समेत रहनुभएका होमनाथ सापकोटालाई विद्यालयलाइ पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । यस्तै अक्षयकोष स्थापनामा सहयोग पुर्याएको नारायणी सामुदायिक वन र सर्वोत्कृष्ट शिक्षकबाट सुनिता पनेरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ. मिलन श्रेष्ठले विद्यालयको समग्र आर्थिक एवम् भौतिक पक्षको प्रतिवेदन पेश गर्दै पूर्वप्राथमिक देखि कक्षा १० सम्म ३७२ बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इश्वरीप्रसाद चापागार्इँको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, पुर्व शिक्षा उपसचिव गोपाल भण्डारी, नगर शिक्षा समिती सदस्य डोलराज पाण्डे, पुर्व विद्यालय व्यवस्थापन समिती सदस्य गंगा बहादुर पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
शिक्षक जगन्नाथ उपाध्यायले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षक अभिभावक संघको अध्यक्ष हरिप्रसाद सापकोटाले सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया