मुकुन्देसेन इङिलस बोर्डिङ स्कुलद्वारा एनसीसी प्रदर्शनी

गैँडाकोट, १० पौष
मुकुन्देसेन इङिलस बोर्डिङ स्कुलले राष्ट्रिय सेवा दल (एनसीसी)प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम गरेको छ । गैँडाकोट ११ स्थित हर्कपुरमा रहेको सो विद्यालयले आइबार एक समारोहका बिच एनसिसि प्रदर्शनी गरेको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र पौडेलले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि यस्ता कार्यक्रम सराहनिय भएको बताउनुभयो । उहाँले नेपाल सरकारको मातहतमा रहेको राष्ट्रिय सेवादल अन्तर्गत यो कार्यक्रम मुकुन्दसेन बोर्डिङले प्राप्त गरेको भन्दै विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका शिक्षा शाखाका आठौँ तह शिक्षा अधिकृत हेमचन्द्र पौडेल, गैँडाकोट ११ का वडा सदस्य गुरु पौडेल, पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष माधव कोइराला पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष मोहन अर्याल लगायतको उपस्थिती रहेको थियो ।
प्रदर्शनीमा बिद्यार्थीहरु द्वारा खालि हात ड्रिल कवच, खुकुरी ड्रिल कवच, तेक्वान्दो पिटि, एरोविक्स पिटि, क्याडेट नाँच, लाखे नाँच र अन्य विभिन्न नृत्यहरु देखाइएको थियो । यही अवसर पारेर मोबाइल लतसंग सम्बन्धि चेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनाको प्रतिनिधि हुद्दा विकास सिंह राजपुतले एनसिसिको बारेमा प्रकाश पार्नुभएको थियो । यस्तै विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले विद्यालयको शैक्षिक गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा उमा ढुङ्गाना, मुना सापकोटा, लक्ष्मि न्यौपाने, उत्कृष्ट कर्मचारीमा गाडि चालक नेत्र पाठक र कुशल प्रशासकको रुपमा पुर्व प्राथमिक तहको इन्चार्ज दया रेग्मीलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितीको अध्यक्ष तोयानाथ पौडेलको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक दया रेग्मीले कार्यक्रमको सहजिकरण र विद्यालयको प्राचार्य राजेन्द्र पौडेलले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया