छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा विजय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित तिन जना शिक्षक पक्राउ

गैँडाकोट, ११ पुस
कक्षा ८ का छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गैँडाकोट ८ को विजय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित तिन जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुलमा पुस ९ गते पिकनिक जाने क्रममा सो घटना भएको भनेर विद्यार्थीले विद्यालयका शिक्षिकालाई जानकारी गराएका थिए । पिडित विद्यार्थीका अनुसार शिक्षिकाले विद्यालयको इमेज खराव हुने बताउँदै घटनालाई गुुपचुप गराउन सचेत गराएका थिए ।
पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि सोमबार घटना बाहिरिएको हो । विद्यार्थीले विरोध प्रदर्शन गरेपछि आरोपित प्रधानाध्यापक कृष्णप्रसाद सापकोटा सहित शिक्षकहरु मदन भट्टराई र कुमार सापकोटालाई सोमबार इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठको टोलीले नियन्त्रणमा लिएको छ ।
पिडितका अनुसार शनिबार कंकालीडाँडामा शिक्षकसहित कक्षा ८ का विद्यार्थीहरु पिकपिक गएका थिए । पिकनिकमा शिक्षकहरुले मादक पदार्थ सेवन गरेपछि उक्त घटना घट्न गएको हो । पिडितका छात्राहरुका अनुसार मादक पदार्थ सेवन गरेपछि शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यबहार गरेका थिए ।
आक्रोशित अभिभावक र विद्यार्थीहरुले आरोपित शिक्षकलाई तत्काल कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा आन्दोलन समेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया