थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहसँग सहयोग

काठमाण्डौँ, १४ पुष ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो।
महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो।
तपाइँको प्रतिक्रिया