गैँडाकोट ९ गुम्बामा मनाईयो तमू ल्होसार

गैँडाकोट, १५ पुष ।
गैँडाकोट (तमू) आदर्श गुरुङ्ग समाज एवम् समाज एवम् साङ्गे छ्योलिङ्ग महाबौद्ध गुम्बाले २६०६ औँ तमू ल्होसार पर्व मनाएको छ । बाघ वर्षलाई विदाई गर्दै विरालो वर्षलाई स्वागत गरिएको गैँडकोट (तमू) आदर्श गुरुङ्ग समाजका अध्यक्ष विर बहादुर गुरुङले जानकारी दिनु भयो । शुक्रवार ल्होसार पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नं १ का सासंद शसाकं कोइरालाले गैँडाकोट ९ थुम्सीमा रहेको गुम्बा क्षेत्रलाई थप व्यवस्थीत बनाउनको लागि आफुले सहयोग गर्ने बताउनु भयो । तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा आफ्नो छोटो मन्तव्य राख्दै उहाँले पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफ्नो सहयोग रहने बताउनु भएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य महेन्द्र जिसी, नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, तमू हिउलका केन्द्रिय सदस्य मिलन गुरुङ, कार्यकारी सदस्य शान्ति न्यौपाने, वार्ड नं २ का वडाध्यक्ष प्रकाश सापकोटा,एमाले नगर अध्यक्ष षडानन्द लामिछाने, नेकपा माओवादिका प्रतिनीधि प्रकाश अधिकारी, विभिन्न जातजातिको प्रतिनिधित्व गर्दे दुर्गा बहादुर मस्यागिं मगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम गैँडाकोट (तमू) आदर्श गुरुङ्ग समाजका समापति जमदार विर बहादुर गुरुङको अध्यक्षताको भएको कार्यक्रममा स्वागत मन्तव्य साङ्गे छ्योलिङ्ग महाबौद्ध गुम्बाका अध्यक्ष किसन गुरुङले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मोहित गुरुङ र मेख माया गुरुङले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुले सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए ।
तपाइँको प्रतिक्रिया