वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गैँडाकोट, २९ पौष
वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटले ४० जना गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट र टोपी) वितरण गरेको छ । जाडो बढ्न सुरु भएसँगै गैँडाकोट नगरपालिका १८ बसेनीमा रहेको श्री विरेन्द्र आधारभूत विद्यालयका वालविकासदेखि कक्षा ७ सम्म अध्ययनरत ४० जना विद्यार्थीलाई मञ्चले विहीबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो ।
वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटका अध्यक्ष दण्डपाणी सिग्देलका अनुसार जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट र टोपी) निःशुल्क वितरण गरिएको हो । असहाय वृद्धवृद्धाको संरक्षणका हेतुले मञ्च स्थापना गरिएपनि विपन्न वालवालिका पनि वृद्धवृद्धा सरह भएकाले गैँडाकोटको ग्रामिण भेगको सो विद्यालयका आर्थिक अवस्था कमजोर भएका वालवालिकालाई सहयोग गरिएको उहाँले बताउनुभयो ।
वालवालिकालाई न्यानो कपडा वितरण गर्दै वृद्धवृद्धा संरक्षण मञ्चका लेखा समिती संयोजक काशिनाथ कण्डेलले गैँडाकोट १८ स्थित यो क्षेत्र अग्लो भागमा रहेका कारण निक्कै चिसो भएकाले यो समयमा जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थाका बालबालिकाहरूलाई केही मात्रामा भएपनि न्यानो कपडा वितरणले राहत पुर्याउने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेख बहादुर आलेले अहिलेसम्म कसैको नजर पर्न नसकेको आफ्नो विद्यालयमा वृद्धवृद्धा संरक्षण मञ्चले वालवालिकालाई न्यानो कपडा वितरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
यस्तै विद्यालयका प्रध्यानाधापक टेक बहादुर रुवाले मगरले पञ्चायतकालमा स्थापना भएपनि पछिल्लो समयमा यस विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार वालविकासदेखि कक्षा ७ सम्म अध्ययन हुने सो विद्यालयमा कुल ४० जना मात्र विद्यार्थी अध्ययनरत छन् । विशेष गरेर आर्थिक अवस्था कमजोर भएकै कारण वाहीर अध्ययनका लागि जान नसक्ने वालवालिकाका मात्र यस विद्यालयमा अध्ययनका लागि आउने गरेका छन् ।
कार्यक्रममा शिक्षक यमबहादुर सुगरपाक, छविराज सुनारी मगर, डिलमाया श्रेष्ठ, वृद्धवृद्धा संरक्षण मञ्चका उपाध्यक्ष बैकुण्ठ गौतम, कोषाध्यक्ष सुर्यप्रसाद चालिसे, सह सचिव सरस्वती रेग्मी, संस्थापन सचिव धना पौडेल, सल्लाहकार जानुमाया सिग्देल, मनमाया गौतम लगायत संस्थाका सञ्चालक समिती सदस्य र साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।
वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटका अध्यक्ष दण्डपाणी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बैकुण्ठ गौतमले उपस्थित सम्पुर्णलाई स्वागत र लेखा समिती संयोजक काशिनाथ कण्डेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया