दलहरूले जनताको हितमा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भईरहेको छ : राजेन्द्र लिङदेन

काठमाडौं, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले दलहरूले जनताको हितमा गठबन्धन गर्नुपर्नेमा उल्टो गर्दै गइरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लिङदेनले सो कुरा बताएका हुन् ।
उनले संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र फ्याक्न मिल्ने भएकाले जनताको हित अनुसार दलहरुले गठबन्धन बनाउन सुझाव समेत दिएका हुन्।
उनले लेखेका छन् : ‘संविधान गीता,बाईबल,कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि,
दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्नेहो तर उल्टो भईरहेको छ।’
(सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन)
तपाइँको प्रतिक्रिया