भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ : ओली

काठमाडौँ, २० फागुन। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास निर्माणका प्रेरक शक्ति जनता नै रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद केन्द्रिय समितिको बैठकमा बोल्दै उनले इतिहास निर्माणका शक्ति जनतालाई भ्रममा पारेर शक्तिहरुले अहिले सत्ता कब्जा गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नु जरुरी रहेको बताए । उनले भने, ‘जनतालाई भ्रममा पार्ने, अल्मल्याउने, दिग्भ्रमित गर्ने र पथभ्रष्ट बनाउने, सही बाटोबाट अगाडि बढन नदिने जुन शक्तिहरु छन् । तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ ।
तपाइँको प्रतिक्रिया