सभ्य र सुरक्षित तवरले होली पर्व मनाऔँ : चितवन प्रहरी

चितवन, २० फागुन । रंगहरुको पर्व होलीलाई सभ्य र सुरक्षित तरिकाले मनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । प्रहरी कार्यालय चितवनले अनुरोध पत्र जारी गरि होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि नगर्न आग्रह गरेको हो ।
फागुन २२ गते पहाडी भेग र फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ । चितवनमा भने दुवै दिन होली मनाउने गर्छन् ।
होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो । कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न अनुरोध गरिएको छ ।
अनुरोध पत्रमा होली पर्वको नाममा कसैले गैरकानुनी कार्य गरेको पाएमा प्रहरीको नियन्त्रण कक्ष नम्बर १००, ट्राफिक प्रहरी नियन्त्रण कक्ष नम्बर १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको नम्बर ०५६–५९४८५५, ९८५५०९०१३३ मा खबर गर्न पनि भनेको छ ।
तपाइँको प्रतिक्रिया