सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ फागुन। आइतबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बढेको छ । आज सुनको मुल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको हो ।
अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ७५ पुगेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रिया