पूर्वमाओवादीहरु फेरि एकताबद्ध हुनुपर्ने आवश्यकता छ : प्रचण्ड

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ ले पुर्व माओवादीहरु अब फेरि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।
जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीहरू विभिन्न धारामा विभाजित भएको बुझेरनै प्रतिक्रियावादीले विभिन्न किसिमका भ्रमहरू छर्ने र घेरा हाल्ने षड्यन्त्र गरिरहेको आरोप लगाए।
‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध भएको छ। सबै साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उनले भने,
उनले पूर्वमाओवादी फेरि एक ठाउँमा आउनेमा आफू आशावादी रहेको भन्दै सबैलाई त्यसको निम्ति अपिलसमेत गरेका छन्।
तपाइँको प्रतिक्रिया