‘छक्का पन्जा ४’ का क्लिपहरू टिकटकमा लिक, कानुनी प्रक्रियामा जाँदै छक्का पन्जा टिम

काठमाडौं, २१ फागुन । पछिल्लो समय टिकटकजस्ता सामाजिक संजालको कारण फिल्मको कथावस्तुको गोपनियता हराउन थालेको छ ।
यसैक्रममा बक्स अफिसमा राम्रो कमाइ गरिरहेको फिल्म ‘छक्का पन्जा ४’ का क्लिपहरू पनि टिकटकमा छ्यापछ्याप्ती भेटिएका छन्।
फिल्मले राम्रो व्यापार गरिरहँदा टिकटकमा फिल्मको टिकटकमा १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भइरहेको पाइएको छ।
यसैक्रममा निर्माण टिमले कानुनी कारबाही गर्न तयारी गरेको छ। फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले उक्त जानकारी फेसबुकमार्फत दिएका छन्।
‘सचेत रहनुहोला है१ कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ। कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ उनले लेखेका छन्।
तपाइँको प्रतिक्रिया