एमाले नवलपुरले थाल्यो मिसन ग्रासरुट अभियान, अभियान अन्तर्गत पालिका बैठक भेला सम्पन्न गर्दै

नवलपुर, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरले ‘मिसन ग्रासरुट’ अभियानलाई तिब्रता दिएको छ । गत फागुन १३ गते शनिबार पार्टी जिल्ला कमिटीको बैठक सम्पन्न गरी अभियानलाई अगी बढाउन वडा स्तर सम्मको जिम्मेवारी तोकिएको एमाले जिल्ला सचिब भीमलाल अधिकारीले जानकारी दिनुभयो ।
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तरगत आज कावासोति नगर कमिटीद्वारा विस्तारित बैठक सम्पन्न गरेको छ । विस्तारित बैठकमा लागि पार्टी केन्द्र र प्रदेश बाट अभियान्ताको रुपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्यहरु भिम कार्की तथा गण्डकी प्रदेश सभा सदस्य, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य पदमा जि सि , केन्द्रीय लेखा आयोग सदस्य तथा गण्डकी प्रदेश लेखा आयोग संयोजक, गण्डकी प्रदेश कमिटी सदस्य शोभत ढकाल सहित को बैठकमा सहभागीता रहेको थियो । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित कार्यक्रमको थालनी गरेको छ ।
कावासोति नगर कमिटीको बिस्तारित बैठकमा बोल्दै अभियानका अभियान्ता भिम कार्किले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो । अभियानले पाटि सुदृढीकरण हुनको साथै पाटिलाई बझबुद् बनायर लैजाने बताउनु भयो ।
बिस्तारित बैठकमा एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष पाण्डेका अनुसार हाल सम्म देवचुली नगरपालिका,गैंडाकोट नगरपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका कमिटीमा अभियानलाई प्रभावकारी रुपमा अगी बढाउन पालिका कमिटिको बैठक सम्पन्न गरीएको र फागुन २९ गते सम्म सबै पालिकाको बैठक सम्पन्न गरी सकिने बताउनुभयो ।
पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार मिसन ग्रासरुट दुई महिने अभियान सञ्चालन गर्न पार्टी केन्द्र र प्रदेशले खटाएका नेताहरूको साथमा जिल्ला कमिटिका नेताहरुाई वडागत रुपमा जिम्मेवारी प्रदान गरीएको बताउनु भयो । पालिकाहरुको बैठक सम्पन्न सगै वडा गतरुपमा पठाईएका प्रतिनिधीहरुले जिम्मेवारी प्राप्त वडाहरुमा गई अभियान संचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । अभियान दुई महिना सम्म संचालन हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । अभियानको क्रममा पाटी सदस्यता नविकरण तथा प्रदान गरीने, टोल कमिटिहरु गठन तथा पुर्नगठन गर्ने, स्थानिय समस्याहरु बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने जस्ले गर्दा पाटि प्रत्यक्ष रुपमा स्थानिय सग जोड्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया