सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
२६ माघमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत दिएका हुन् ।
तपाइँको प्रतिक्रिया