राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि मौन अवधि सुरु हुने

काठमाडौं, २२ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज मध्यरातबाट मौन अवधि सुरु हुन लागेको हो।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
तपाइँको प्रतिक्रिया