प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष डह्लानबिच शिष्टाचार भेटघाट

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष डह्लान अल-हमदबिच शिष्टाचार आज बिहान भेटवार्ता भएको छ ।
वल्र्ड एथलेट्स्का सदस्य समेत रहेका उनी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्रीको निवास बालुवाटरमा पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्।
भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तपाइँको प्रतिक्रिया