राष्ट्रपतिमा सुवास नेम्वाङलाई जिताउन एमालेको प्रशिक्षण सुरू

काठमाडौं, २२ फागुन । राष्ट्रपतिमा सुवास नेम्वाङलाई विजयी गराउन नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।
नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
तपाइँको प्रतिक्रिया