प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।
प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर कानुन व्यवसायी ज्ञानेन्द्रराज आरण र द्वन्द्वकालीन घटनामा पीडित भएकाहरुले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई ०७९-३०–९४७ नम्बरमा दर्ता गरेको हो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले पर्सि (बुधबार) लाई पेसी समेत तोकिदिएको छ । उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठक लगत्तै सर्वोच्चमा दर्ता गरिएको हो ।
पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ । यसैबीच उक्त रिट सोमबार दर्ता हुने खबर पाएसँगै माओावादीका तत्कालीन घटकका सबै नेता एक ठाउँ जुटिसकेका छन् ।
तपाइँको प्रतिक्रिया