गैँडाकोटको नारायणी नदी किनारमा जारी महोत्सवमा भोलि राजु परियार, पुर्णकला वि.सी. लगायतका कलाकारको प्रस्तुती रहने

गैँडाकोट, २३ फागुन । आइतबारदेखि सुरु भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला २०७९ गैँडाकोटको नारायणी नदी किनारमा जारी छ ।
महोत्सवको तेस्रो दिन आज स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघको सहआयोजना र गण्डकीका सबै उद्योग वाणिज्य संघहरुको सहयोगमा जारी महोत्सवमा आज गायिका प्रिती आले, प्रतिमा गैरे गायक उर्गेन डोङ लगायतको प्रस्तुती रहेको छ ।
महोत्सवको चौथो दिन भोलि गायक राजु परियार, दिपक खड्का, वसन्त लम्साल, गायिका पुर्णकला वि.सी.लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा झण्डै ३ सय स्टल राखिएको छ भने स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । महोत्सवको करीब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
तपाइँको प्रतिक्रिया