फेरि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं, २४ फागुन । बुधबार छापावाला सुन प्रतितोला एक हजार रूपैयाँले घटेको छ।
मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको सुन बधबार एक लाख एक हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ।
मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
तपाइँको प्रतिक्रिया