प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

काठमाडौं, २६ फागुन। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिट खतिवडाको एकल इजलासमा परेको हो । गत फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।
२०७६ माघ १ गते प्रचण्डले द्धन्द्धकालमा मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिले प्रचण्ड स्वयंले हत्या गरेको स्वीकारेको साबिति बयान दिएको भन्दै रिट परेको हो ।
तपाइँको प्रतिक्रिया