‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकियो

काठमाडौँ, २६ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ ।
सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ ।आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।
हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिट खतिवडाको एकल इजलासमा परेको हो । गत फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।
आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।
तपाइँको प्रतिक्रिया