पाँच जना डिआइजीको एआइजीमा बढुवा सिफारिस

काठमाडौं, २६ फागुन । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।
पाँच जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन।
बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्।
तपाइँको प्रतिक्रिया