एमालेकी अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।
शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, गोकर्ण बिष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, यशोदा रिमाल र महेशकुमार बर्तौला रहेका छन् ।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।
तपाइँको प्रतिक्रिया